अग्रवालको लुट धन्दाले सीमा नाघेपछि...
काठमाडौं : कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ ।
लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेका अग्रवाल प्रहरी फन्दामा परे पनि उनलाई बचाउन शक्तिकेन्द्र लागिरहेको सरकारी अधिकारीले बताएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले उनलाई ३ हजार ५ सय रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्दै गरिरहेको अवस्थामा २५ चैतमा रंगेहात पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।
अग्रवाल यसअघि नक्कली भ्याट प्रकरणमा समेत मुछिएका थिए । पटक–पटक गैरकानुनी क्रियाकलापमा संलग्न रहँदै आएको शंकर ग्रुप भ्याट छली, कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाइनमा अनियमिततालगायत प्रकरणमा जोडिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण