मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनासम्बन्धि पछिल्लो २४ घण्टाका ठूला अपडेट्स

आइतबार, ०७ वैशाख २०७७, ०८ : ४२
आइतबार, ०७ वैशाख २०७७

– कोरोनाभाइरस संक्रमणको महामारीको कहर बढ्दो स्थितीमा छ । युरोपमा यो महामारीले करिब एक लाख बढीको ज्यान लिइसकेको छ । स्पेनमा लकडाउन बढाउने निर्णय गरिएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका केही राज्य खोल्ने घोषणा गरेका छन् । टेक्सस र वर्मोटमा सोमबार केही व्यवसाय खोलिनेछन् ।

– स्पेनका प्रधानमन्त्रीले ९ मेसम्म लकडाउन बढाउन निर्देशन दिएका छन् । स्पेनका प्रधानमन्धी पेद्रो सेन्चेजले शनिबार उनले संसदसँग १५ दिन थप लकडाउन बढाउनका लागि आग्रह गर्ने बताए ।

– टर्कीमा कोरोना भाइरसका संक्रमित ईरानभभन्दा पनि बढी भएको छ । टर्कीमा अहिलेसम्म कोरोनाभाइरसका कूल ८२ हजार ३ सय २९ संक्रमित भेटिएका छन् । यसका साथै मध्य–पूर्वमा टर्की कोरोनाभाइरसको चपेटमा सबैभन्दा माथि आएको छ । शनिबार टर्कीका स्वास्थ्य मन्त्रीले छिमेकी इरानभन्दा पनि कोरोनाभाइरसको संक्रमण टर्कीमा धेरै देखिएको बताएका छन् ।

– मोरोक्कोले एक महिना थप लकडाउन बढाएको छ । अब मोरोक्कोमा २० मेसम्म लकडाउन हुनेछ ।

– फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणले ६४२ को मृत्यु भएको छ । यसका साथै फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार ३ सय २३ पुगेको छ । कोरोनाभाइरसका कारण मृत्यु हुनेको आँकडामा फ्रान्स चौथो स्थानमा छ ।

– ब्रिटेनमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार पार भएको छ । पछिल्लो २४ घण्टामा यहाँ ८८८ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

– बंगलादेशमा कपडा सिलाई गर्ने कामदार सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । उनीहरु सरकारसँग लकडाउनका बेला दैनिक ज्यालादारीको भुक्तानीको माग गरिरहेका छन् ।

– लकडाउन र सामाजिक दुरीको नियम उल्लंघन गर्दै बंगलादेशमा सयौं कामदार सडकमा उत्रिएका छन् र काम नगर्दा नपाइएको पैसाको माग गरिरहेका छन् ।

– न्यूयोर्कमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्युदर पछिल्लो दुई हप्तामा सबैभन्दा तल्लो स्तरमा रह्यो । शुक्रबार यहाँ ५ सय ४० को मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप