कोरोनासम्बन्धि पछिल्लो २४ घण्टाका ठूला अपडेट्स
– कोरोनाभाइरस संक्रमणको महामारीको कहर बढ्दो स्थितीमा छ । युरोपमा यो महामारीले करिब एक लाख बढीको ज्यान लिइसकेको छ । स्पेनमा लकडाउन बढाउने निर्णय गरिएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका केही राज्य खोल्ने घोषणा गरेका छन् । टेक्सस र वर्मोटमा सोमबार केही व्यवसाय खोलिनेछन् ।
– स्पेनका प्रधानमन्त्रीले ९ मेसम्म लकडाउन बढाउन निर्देशन दिएका छन् । स्पेनका प्रधानमन्धी पेद्रो सेन्चेजले शनिबार उनले संसदसँग १५ दिन थप लकडाउन बढाउनका लागि आग्रह गर्ने बताए ।
– टर्कीमा कोरोना भाइरसका संक्रमित ईरानभभन्दा पनि बढी भएको छ । टर्कीमा अहिलेसम्म कोरोनाभाइरसका कूल ८२ हजार ३ सय २९ संक्रमित भेटिएका छन् । यसका साथै मध्य–पूर्वमा टर्की कोरोनाभाइरसको चपेटमा सबैभन्दा माथि आएको छ । शनिबार टर्कीका स्वास्थ्य मन्त्रीले छिमेकी इरानभन्दा पनि कोरोनाभाइरसको संक्रमण टर्कीमा धेरै देखिएको बताएका छन् ।
– मोरोक्कोले एक महिना थप लकडाउन बढाएको छ । अब मोरोक्कोमा २० मेसम्म लकडाउन हुनेछ ।
– फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणले ६४२ को मृत्यु भएको छ । यसका साथै फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार ३ सय २३ पुगेको छ । कोरोनाभाइरसका कारण मृत्यु हुनेको आँकडामा फ्रान्स चौथो स्थानमा छ ।
– ब्रिटेनमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार पार भएको छ । पछिल्लो २४ घण्टामा यहाँ ८८८ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ ।
– बंगलादेशमा कपडा सिलाई गर्ने कामदार सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । उनीहरु सरकारसँग लकडाउनका बेला दैनिक ज्यालादारीको भुक्तानीको माग गरिरहेका छन् ।
– लकडाउन र सामाजिक दुरीको नियम उल्लंघन गर्दै बंगलादेशमा सयौं कामदार सडकमा उत्रिएका छन् र काम नगर्दा नपाइएको पैसाको माग गरिरहेका छन् ।
– न्यूयोर्कमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्युदर पछिल्लो दुई हप्तामा सबैभन्दा तल्लो स्तरमा रह्यो । शुक्रबार यहाँ ५ सय ४० को मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण