लकडाउनको समयमा पनि रोकिएन मानव तस्करी, राजस्थानबाट १७ बर्षीय बालिकाको यसरी भयो उद्धार
काठमाडौं– कोरोनाभाइरसको महामारीका कारण नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द रहेका बेला पनि मानव तस्करहरु सक्रिय रहेको पाइएको छ ।
भारतमा गत मार्च २१ देखि पूर्ण रूपमा लकडाउन छ। योसँगै नेपाल–भारत सीमामा आवतजावत पनि ठप्प छ। लकडाउनकै बीच अर्थात् मार्च २४ तारिखमा भारतको उत्तरी राज्य राजस्थान पुर्याइएकी एक किशोरीलाई मानब बेचबिखन बिरूद्ध कार्यरत संस्था आफन्त नेपालले उद्धार गरेको छ।
आफन्त नेपालका अनुसार पोखराकी एक १७ वर्षकी किशोरीलाई भारतको राजस्थानबाट उद्धार गरिएको हो । उक्त किशोरीका अनुसार पोखरामा रहँदा एकजना चिनजानको महिलाले आफ्नो घरमा जाऔं भनी लगेर मिठाई खान दिएको र त्यसपछि आफुलाई चक्कर आई बेहोस भएको र आफूलाई होश आउँदा अन्जान शहरमा पाएको बताएकी छन् । उनले भनेकी छिन्, ‘आफूलाई सडकमा एक्लै पाएँ । आश्चर्यचकित भएर पुलिसको सहयोग मागे । पुलिसले महामारीकै बीच सडकमा भएको थाहा पाएपछि कोरोना परीक्षणको लागि हस्पिटलमा भर्ना गरिदिए ।’
त्यसपश्चात् किशोरीलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको । क्वारेन्टाइनमै रहेको बेला सोही अस्पतालमा क्वारेन्टाइनमा नै रहेका फ्रेन्च नागरिकहरुले नेपाल राजदूतावास नयाँ दिल्लीलाई किशोरी बारे खबर गरिदिएका थिए । सोको जानकारी पाएपछि दूतावासले आफन्त नेपाललाई जानकारी दिएको र विभिन्न माध्यमबाट हस्पिटल ब्यवस्थापनसँग सम्पर्क गरिएको आफन्त नेपालले जनाएको छ ।
संस्थाका निर्देशक इन्द्रराज भट्टराईका अनुसार ती किशोरीको उद्धार र पुनर्स्थापनाका लागि राजस्थानको जयपुरस्थित चाइल्ड लाइन र जयपुर पुलिससँग समन्वय गरी कानुनी प्रक्रिया पूरा गरेपछि बालकल्याणको संरक्षणमा अहिले राखिएको छ । निज किशोरीको विषयमा नेपाली दूतावासलगायत विभिन्न निकायहरुले अनुसन्धान सुरु गरिरहेको साथै हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै परिस्थिति अनुकूल भएपछि स्वदेशफिर्ता गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण