मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने

शनिबार, १७ भदौ २०७४, १२ : ३६
शनिबार, १७ भदौ २०७४


पोखरा- पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । 

सरकारको झण्डै रु १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । 

कास्कीमा गुरुङ समुदायको बस्ती बढ्दै गएको र दैनिक तीनदेखि सातवटा शव जलाउनु पर्ने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । शव जलाउनको लागि मात्रै वार्षिक झण्डै रु ६०–७० लाखको दाउरा आवश्यक पर्ने र यसले गर्दा ठूलो मात्रामा काठ आवश्यक पर्न जाँदा वनजंगलको संरक्षणको लागि पनि विद्युतीय शवदहगृह निर्माण गर्न लागिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप