प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलवार भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरू नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गरेका थिए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरू र सचिवहरू सहभागी थिए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट गरे ।
“तपाईँहरू कसैको दबाबमा नपर्नुस् । स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस् र सरकारले कुनै हस्तक्षेप र दखल गर्दैन । आवश्यक सहयोग गर्छ’’, प्रधानमन्त्री ओलीले भने । दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित
-
सुन जस्तो देखिने धातुसहित जना पक्राउ
-
प्रतिनिधिसभा बैठकमा विपक्षीहरूको उठेर विरोध
-
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलको विरोध
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त हुनु विश्वविद्यालयको भविष्य निर्माणको जग हो : त्रिवि
-
न्यूजिल्यान्डमा तीन माओरी सांसद निलम्बित