इनफिनिक्स नोट ५० एक्स नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ । इनफिनिक्सले नयाँ फाइभजी स्मार्टफोन नोट ५०एक्स नेपाली बजारमा सार्वजनिक गरेको छ। रु. २१,९९९ मा उपलब्ध यो फोनमा मेडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट प्रोसेसर, ४५ वाटको छिटो चार्ज, र आईपी ६४ स्तरीकरणजस्ता विशेषता छन् ।
फोनमा ६.६७ इन्चको १२० हर्ज ताजगी दर भएको एलसीडी पर्दा, ५० मेगापिक्सेलको पछिल्लो क्यामेरा (४के भिडियो समर्थन), ८ मेगापिक्सेलको अगाडिको क्यामेरा, ६ जिबी र्याम र १२८ जिबी भण्डारण क्षमता, र ५२०० मिलिअम्पियर घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। साथै, एनएफसी सुविधा र इन्फ्रारेड ब्लास्टरजस्ता आधुनिक प्रविधिहरू पनि समावेश छन् ।
एन्ड्रोइड १५ मा आधारित एक्सओएस १५ सञ्चालन प्रणालीमा चल्ने यो नोट ५०एक्स, टाइटानियम ग्रे लगायतका आकर्षक रंगहरूमा उपलब्ध छ । कम्पनीका अनुसार यो मूल्यमा उपलब्ध सबैभन्दा उत्कृष्ट फाइभजी स्मार्टफोन हो ।
फोन नेपालभरका मोबाइल पसलहरू तथा अनलाइन प्लेटफर्महरूबाट बिक्रीमा आएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल
-
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित
-
सुन जस्तो देखिने धातुसहित जना पक्राउ
-
प्रतिनिधिसभा बैठकमा विपक्षीहरूको उठेर विरोध
-
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलको विरोध
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त हुनु विश्वविद्यालयको भविष्य निर्माणको जग हो : त्रिवि