बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

डलर साट्ने बहानामा ठगी गरेकाे आरोपमा दुई जना पक्राउ

मङ्गलबार, २० जेठ २०८२, २२ : ०७
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । डलर साट्ने बहानामा सुनका गहना तथा नगद ठगेको आरोपमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ३८ वर्षीय दान बहादुर तामाङ र २६ वर्षीय दान बहादुर तामाङ रहेक छन् । 

जेठ १९ मा उनीहरूले काठमाडौँको नारायणटारमा पीडितलाई बोलाएर नगद र सुनका गहना लिएर फरार भएका थिए । 

आफूहरु विदेशबाट भर्खर आएको र फर्किंदा ल्याएको डलर साट्नुपर्ने बहानामा उनीहरुले ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले रातोपाटीलाई बताए । 

आरोपीहरुमाथी अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप