सय किमि पैदल हिँडिन् १२ वर्षीया बालिकाः घर आइपुग्न ११ किमि मात्रै बाँकी थियो, भयो मृत्यु
कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि मजदुर आ–आफ्ना घर फर्किरहेको खबर आइरहन्छन् ।
कोही सयौं किलोमिटर हिँडेर त कोही साइकलको सहारामा आफ्नो घर फर्किरहेका छन् । यद्यपि, शहरबाट गाउँ फर्कनु पहाड फोड्नु सरह गाह्रो छ । यस्ता घटना नेपाललगायत भारतमा पनि प्रशस्तै सुन्न र पढ्न पाइन्छ । भारतको एक यस्तै खबर यहाँ प्रकाशित छ ।
द इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार लकडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको छ ।
रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसाग पहिलो पक आफ्नो घरबाहिर निस्किएकी थिइन् । तर उनी जिउँदो फर्कन सकिनन् । करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो ।
पत्रिकाले अधिकारीलाई उद्धृत गर्दै उनीसँग अन्य १३ जना पनि भएको बताएको छ । १२ वर्षीया ती बालिका लगातार तीन दिनसम्म पैदल हिँडेको र १८ अप्रिलमा इलेक्ट्रोलाइट असन्तुलन र थकानका कारण उनको मृत्यु भएको बताएको छ । छत्तीसगढको बीजापुर जिल्लामा रहेको आफ्नो घरबाट ११ किलोमिटर टाढा उनको मृत्यु भएको हो ।
जरोम आफ्ना आमा–बुवाका एक्लो सन्तान थिइन् । राज्यका मुख्यमन्त्री भूपेश बघेलले पीडित परिवारका लागि एक लाख भारु दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण