मिर्चैयाको दलितबस्तीमा बाढी पस्यो, भोट माग्ने पसेनन्
रामभरोसी यादव
सिरहा– आगामी असोज २ गते हुन गईरहेको स्थानीय निर्वाचनको चहलपल सुरुभए पनि डुवान तथा बाढीपीडित क्षेत्रका जनता भने आफ्नो भत्केको घरहरु टालटुल पार्नमै व्यक्त छन् ।
चुनावले गाउँघर पुरै रंगिन थाले पनि बाढीपीडितलाई छुन सकेको छैन । असारको अन्तिम साता झण्डै सात दिनसम्म परेको पानीले डुवानमा परेका मिर्चैया नगरपालिका ५ का दलित वस्तिलाई चुनावले छुन सकेको छैन । डुवानमा परेका उनीहरुलाई आजसम्म कुनै दलका नेता वा कुनै संघ संस्थाका प्रतिनिधिले राहत बाड्न त के भोट माग्न आएनन् । आफूहरुलाई चुनावबारे कुनै जानकारी नगारएको स्थानीय मरनी सदायले सुनाइन् ।
त्यसैगरी, कल्याणपुर नगरपालिका ३ पर्साहीमा गाउँका बजारमा चुनावी चलहलपल सुरु भएपनि डुबानपीडितसम्म भने कुनै नेता नपुगेको गुनासो गरे ।
‘पानीमा डुवेर घरका भित्ताहरु भत्काएका छन्, आँगन अझै ओभाएको छैन, कहाँ चुनावको कुरा गर्नु आफ्नै घर टालटुल गर्दैछु,’ डुवान पीडित स्थानीय ४५ वर्षीय तिलियादेवी मण्डलले आक्रोशित हुँदै भनिन्, ‘हामी पानीमा डुवेर बसेका बेलाकोही आएनन्, अहिले चुनावमा भोट माग्न आउने ती नेताहरुको हिम्मत हुनु पर्यो नी ।’
उनले गाउँकै बजारक्षत्रमा चुनावी चहलपहल देखिएपनि कुनै पार्टीका नेता तथा उमेद्वारहरु भोटमाग्न गाउँ नपसेको बताए । ‘घर भत्कन लागेको छ । दशैं आउँदैछ । कसरी घर बनाउने भन्नेमा छु । मैले त गाउँका डुवानबाट भत्केको घर बनाउन सहयोग गर्ने उम्मेदवारलाई नै भोट दिने सोचेको छु ।’–उनले भने ।
उनीहरुले आफूहरुले चुनावमा को को उठ्ने, कसरी भोट हाल्ने भन्ने भन्ने केही जानकारी नपाएको सुनाए । मिर्चैया ५ का दोरीक सदायले भने– ‘हामीले अहिलेसम्म कस कसलाई भोट हाल्ने कसरी हाल्ने केही थाहा पाएका छैनौं, चुनाव हुने सम्म कुरा सुनेका छौं ।’ चुनावमा हामीलाई सहयोग गर्ने खालका उम्मेद्वारलाई सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण