यस्तो छ बिहीबारको मौसम पूर्वानुमान
बिहीबार, ११ वैशाख २०७७, ०७ : ३८
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।
यसैगरी, हाल देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण