गोरखामा अरिङ्गालजस्तै किराले टोकेर छ घाइते
बिहीबार, ११ वैशाख २०७७, १० : ३८
गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अरिङ्गालजस्तै किरा) ले टोकेर छ जना घाइते भएका छन् ।
बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाँई र बुद्धिराम श्रेष्ठलाई शुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाँईले जानकारी दिए ।
बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गाँई र उनकी तीन वर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उनले बताइन् ।
इन्दिराले आफूहरुलाई खागले टोकेको फोनमार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उनका बाबु लोलानाथ अम्गाईँलाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गाँईले जानकारी दिए ।
गम्भीर घाइते चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण