चीनद्वारा स्वतन्त्र अनुसन्धानको माग खारेज, बतायो यस्तो कारण
शनिबार, १३ वैशाख २०७७, ०७ : ५२
कोरोनाभाइरसको उत्पत्तिको विषयमा स्वतन्त्र अनुसन्धानको माग चीनले खारेज गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसीसँगको कुराकानीमा यस्तो प्रकारको माग राजनीतिबाट प्रेरित भएको र कोरोनाभाइरसविरुद्ध चीनको लडाईंलाई कमजोर गर्ने कोसिस गरेको बताएका छन् ।
कोरोनाभाइरसको संक्रमणको सुरुवातदेखि नै चीनले पारदर्शीता नअपनाएको र सूचना लुकाएको आरोप लाग्दै आएको छ । कोरोनाभाइरस सुरुवात गत वर्ष चीनको ऊहान शहरबाट सुरु भएको थियो ।
युरोपियन युनियनको रिपोर्टमा पनि चीनले कोरोनाभाइरससँग सम्बन्धित सही सूचना सार्वजनिक हुन नदिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि यो मामलामा लगातार चीनमाथि हमला गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण