काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
शनिबार, १३ वैशाख २०७७, ०८ : ४९
बर्दिवास : महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ ।
अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २३ वर्षीय बाबुराम बिश्वकर्मा रहेका छन् ।
लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।
३५ जना यात्रु सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्माको उपचार बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण