वाणिज्य विभागको कार्वाही पछि आयो भाटभटेनीको स्पष्टोक्ति
काठमाडौं– टंगालस्थित भाटभटेनी सुपरमार्केटले नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख १५ गते गरेको कार्वाही सम्बन्धमा आफ्नो स्पष्टोक्ति दिएको छ ।
सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै उक्त जरिवाना विभागले गरेको थियो ।
सुपरमार्केटले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भाटभटेनीले आफ्ना आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको छ । तर उक्त लाखमरीको हकमा लकडाउनको अवस्थामा हामीले बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियौं । र उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको हामीलाई जानकारी गराएको छ । र सोही बारकोड हाम्रो बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले हामीलाई जरिवाना गरेको हो ।’
प्राविधिक र कानुनी रुपमा गल्ती स्वीकार गर्दै भाटभटेनीले उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको दावी गरेको छ । विगतमा विनाशकारी भूकम्प र नाकाबन्दीको अप्ठेरो अवस्थामा हामीले आपूर्तिकर्तासँग मोलमोलाइ गर्नुका साथै कम्पनीलाई हुने नाफा कटौती गरेर पनि उपभोक्तालाई साबिकको मूल्यमा सामान उपलब्ध गराएको संझना गराउँदै भाटभटेनीले हरेक आउटलेटमार्फत बिक्री हुने वस्तुहरु अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा कम मूल्यमै पाइने पनि बताएको छ ।
अत्यावश्यक खाद्य सामग्रीहरु बजारको भन्दा कम मूल्यमै स्टोरमार्फत बिक्री भइरहको जानकारी गराउँदै स्टोरहरुबाट बिक्री हुने वस्तुको मूल्यको ग्यारेन्टी दिन तयार रहेको पनि सुपरमार्केटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण