ऋषि कपूरको निधनपछि पत्नी नितु कपूरले लेखिन्,‘हाम्रो कथाको अन्त्य’
एजेन्सी – बलिउड अभिनेता ऋषि कपूरको निधनपछि बलिउड उद्योग शोकमा डुबेको छ । त्यसमाथि पनि परिवार झन् ठूलो पीडाबाट गुज्रिरहेका छन् ।
यसैबीच, ऋषि कपूरको निधनपछि उनकी पत्नी नितु कपूरले उनको सम्झनामा सामाजिक सञ्जालमा फोटो शेयर गरेकी छिन् । उनले तस्बिरमार्फत श्रद्धान्जली दिँदै निकै थोरै शब्द लेखेर धेरैलाई भावुक बनाएकी छिन् ।
उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो कथाको अन्त्य’ । यसका साथै उनले मुटुवाला इमोजी पनि राखेकी छिन् । उनले शेयर गरेको तस्बिरमा सेलिब्रेटी तथा उनीहरुका प्रशंसकहरुले सान्त्वना दिइरहेका छन् ।
प्रसिद्ध अभिनेता ऋषि कपूरको निधन गत अप्रिल ३० मा भएको हो । उनको ६७ वर्षको उमेर रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको हो । उनको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा भएको थियो । उनी भारतीय फिल्म क्षेत्रका सफल अभिनेता, फिल्म निर्माता र निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई