ऋषि कपूरको निधनपछि पत्नी नितु कपूरले लेखिन्,‘हाम्रो कथाको अन्त्य’
एजेन्सी – बलिउड अभिनेता ऋषि कपूरको निधनपछि बलिउड उद्योग शोकमा डुबेको छ । त्यसमाथि पनि परिवार झन् ठूलो पीडाबाट गुज्रिरहेका छन् ।
यसैबीच, ऋषि कपूरको निधनपछि उनकी पत्नी नितु कपूरले उनको सम्झनामा सामाजिक सञ्जालमा फोटो शेयर गरेकी छिन् । उनले तस्बिरमार्फत श्रद्धान्जली दिँदै निकै थोरै शब्द लेखेर धेरैलाई भावुक बनाएकी छिन् ।
उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो कथाको अन्त्य’ । यसका साथै उनले मुटुवाला इमोजी पनि राखेकी छिन् । उनले शेयर गरेको तस्बिरमा सेलिब्रेटी तथा उनीहरुका प्रशंसकहरुले सान्त्वना दिइरहेका छन् ।
प्रसिद्ध अभिनेता ऋषि कपूरको निधन गत अप्रिल ३० मा भएको हो । उनको ६७ वर्षको उमेर रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको हो । उनको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा भएको थियो । उनी भारतीय फिल्म क्षेत्रका सफल अभिनेता, फिल्म निर्माता र निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण