क्वारेन्टाइन सेन्टरमा टिकटक भिडियो बनाउनेविरुद्ध ऊजुरी
मङ्गलबार, २३ वैशाख २०७७, ०७ : २९
भारतमा रेड जोनभित्र वर्गीकृत गरिएको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थनीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ ।
यी मानिसहरुले सामाजिक दुरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए ।
यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र स्थानीय समाचार च्यानलमा पनि यसको चर्चा भइरहेको छ ।
भिडियोमा यी सात व्यक्तिहरुलाई नाचिरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ ।
स्थानीय थानाका अधिकारी रमेश सिंहले बीबीसीसँगको कुराकानीमा एफआरआईपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण