युएई दूतावासमा धर्ना दिने नेपालीकाे समस्या समाधान
युएई। अलपत्र परेको भन्दै नेपाली दूतावास अबुधावीमा धर्ना बसेका १८ नेपालीलाई अन्ततः दूतावासले व्यवस्थापन गर्ने भएको छ।
नेपाली दूतावासले गैरआवासीय नेपाली संघ(एनआरएनए) युएईको सहकार्यमा पीडितहरु नेपाल नफर्कदासम्म बस्न र खानको व्यवस्था गर्ने सहमति भएसँगै यो समस्या टरेको हो।
उनीहरुलाई हवाई यात्रा सुचारु भए लगत्तै प्राथमिकताका साथ नेपाल पठाउन व्यवस्था गरिने सहमतिमा जनाईइएको छ।
दूतावासबाट शारहजासम्म पुग्ने यातायातको व्यवस्था दूतावासले गरेको एक पीडितले रातोपाटीलाई बताए ।
धर्नापछि दूतावास लगायत गैरआवासीय नेपाली संघ एनआरएनए युएईले समस्या समाधानमा सक्रियता जनाएको थियो।
दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका पीडितहरू आ-आफ्नो सामान बोकेर आज बिहान नेपाली दूतावास आबुधावी पुगेका थिए।
केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्न युएईको शारहजास्थित ईमिरेट्स क्याव एलएलसी कम्पनीमा आएका उनीहरु कम्पनीको एग्रिमेन्ट अनुसार सेवा सुविधा नपाएका कारण गत चार महिना देखि अलपत्र परेका थिए।
नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताउँदै आएका थिए। अहिले उनीहरूको भिसा समेत क्यान्सिल भएको छ।
कोरोनाको महामारी फैलिनु भन्दा अघि नै युएई आएका उनीहरूले युएईमा रहेको नेपाली दूतावासमा निवेदन दिए पनि उद्दार गर्न ढिलाई भएको गुनासो गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
