कुवेतमा संक्रमितको संख्या ७ हजार पार, लकडाउन २० दिन थपियो
शनिबार, २७ वैशाख २०७७, ०६ : ५४
कुवेतमा २० दिनको लकडाउन थपिएको छ । कोरोनाभाइरस संक्रमण रोक्नका लागि यहाँ देशव्यापी लकडाउन घोषणा गरिएको हो ।
आइतबारदेखि लकडाउनको यो अवधि सुरु हुनेछ ।
एजेन्सीका अनुसार कुवेतमा लगातार संक्रमितको संख्या बढिरहेको छ जसका कारण लकडाउन थपिएको हो । शुक्रबार मात्रै कुवेतमा ६ सय ४१ संक्रमित थपिए । यससँगै यहाँ संक्रमितको संख्या ७ हजार २ सय ८ रहेको छ ।
कुवेतमा हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ ।
यहाँ पहिलोपटक २४ फेब्रुअरीमा संक्रमण देखिएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
-
निगमलाई उकास्न उपयुक्त मोडलको खोजी भइरहेको छ : मन्त्री पौडेल
-
साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?
-
वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार
-
हालान्डका लागि कुनै मञ्च ठूलो छैन
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण