शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रुकूमपूर्वमा सरकारले पठायो थप स्वास्थ्य सामग्री

सोमबार, २९ वैशाख २०७७, ०८ : ३०
सोमबार, २९ वैशाख २०७७

प्रदेश नं ५ सरकारले कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न रुकुम (पूर्व) मा पिपिई र थर्मल गनसहित थप स्वास्थ्य सामग्री पठाएको छ ।
  प्रदेश नं ५ का विभिन्न जिल्लामा कोरोना सङ्क्रमित बिरामी बढ्दै जाँदा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आपूर्ति विभागले जिल्लालाई थप स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए । 

जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादवप्रसाद शर्माले  ५ इन्फ्रारेड थर्मल गन, १० थान पिपिई र  सात सय थान सर्जिकल मास्क आएको जानकारी दिए ।  कोरोना परीक्षणका यी सामग्रीसँगै परिवार नियोजनसम्बन्धी, बालभिटा र आरयुटिएफलगायत स्वास्थ्य सामग्रीसमेत जिल्लामा आएको उनले बताए । 
प्रदेश सरकारले पठाएका पाँच थर्मल गनमध्ये दुई जिल्ला अस्पताल रुकुम (पूर्व) लाई उपलब्ध गराउने र बाँकी ती स्वास्थ्य कार्यालयमै राखिने शर्माले बताए । 

प्रदेश सरकारले अबको दुई दिनमै आरडिटीका लागि किट पठाउने तयारी गरिरहेको प्रदेशसभा सदस्य ओलीले बताए ।
 प्रदेश सरकारसँग नै किट अभाव भइरहेका बेलामा रुकुम (पूर्व)का लागि ८० थप किट पठाउन लागिएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप