बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

ती दिन, लुक्स राम्रो नभएको भन्दै निर्माताले दिएनन् रणवीरलाई फिल्म

सोमबार, २९ वैशाख २०७७, १४ : ३०
सोमबार, २९ वैशाख २०७७

रणवीर सिंह आफ्नो बलिउड यात्रा सुरु गरेदेखि नै चर्चामा छन् । यद्यपी, प्रशंसा कमाउनुअघि यी कलाकार धेरैपटक कामका लागि अस्वीकृत भएका थिए । उनको यात्रा सहज थिएन । 

अहिले उनी बलिउडकै आकर्षक कलाकारमध्ये एक मानिन्छन् । तर करियरको सूरुवाती दिनमा उनको अनुहार हेरेरै धेरै निर्देशकले उनलाई काम दिन अस्विकार गरेका थिए । ‘सुरुमा मैले मेरो लुक्सका कारण अस्विकृत हुनुप-यो, क्षमताका कारण होइन । उनीहरुले म धेरै राम्रो देखिन्न र आकर्षक छैन भनेका थिए, हुनसक्छ म अग्लो र गोरो छैन ।’

यद्यपी उनले आफ्नो काममार्फत सबैको मन जिते । यी अभिनेता अब सोहित सेट्टीको सौर्यवंशी र कविर खान निर्देशित ८३ मा देखिँदैछन् । कोरोना भाइरस महामारीका कारण यी फिल्मको प्रदर्शन मिति धकेलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप