बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

दीपिका र प्रियंका होइन, यी अभिनेत्रीले लगाउँछिन् ९० लाखको औंठी

मङ्गलबार, ३० वैशाख २०७७, ०७ : ५०
मङ्गलबार, ३० वैशाख २०७७

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडाको विवाह निकै धुमधामसँग भएको थियो । प्रियंका र निक जोनासले जोधपुरमा रहेको उमैद भवन प्यालेसमा विवाह गरे भने दीपिका र रणवीर सिंहले भारतबाट हजारौं माइल टाढा विवाह गरे । 

यी दुवैले विवाहमा निकै महङ्गा गहना पहिरिएका थिए । तर, यस्ता गहना लगाउँनमा बलिउडकै अर्की अभिनेत्री सोनम कपूर कोहिभन्दा कम छैनन्। 

मिडिया रिपोर्टका अनुसार सोनम कपूरको इन्गेजमेन्टको औंठीको मूल्य ९० लाख भारु रहेको थियो । उनले २०१८ को मे ८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी हुन् । 

 

बलिउडका अभिनेत्रीहरु महङ्गा गहना लगाउन शौखिन छन् । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले विवाहको समयमा २० लाख भारुको मंगलसुत्र लगाएकी थिइन् । 

महङ्गा गहना लगाउनमा प्रियंका पनि अगाडि छिन् । मिडिया रिपोर्टका अुनसार उनले आफ्नो ब्याचलर पार्टीमा १० करोड भारुको गहना लगाएकी थिइन् । त्यसैगरी, उनले विवाहको समयमा हरेक रितीरिवाजमा फरक फरक गहना लगाएकी थिइन् । जुन निकै महङ्गा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप