कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर
मङ्गलबार, ३० वैशाख २०७७, ०८ : १०
कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ ।
आजको राजधानी दैनिक लेख्छ–सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ ।
गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए ।
त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् । उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण