शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चन्दननाथ नगरपालिकाद्वारा रेडियोबाट पढाइ शुरु

मङ्गलबार, ३० वैशाख २०७७, १२ : ३५
मङ्गलबार, ३० वैशाख २०७७

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले  कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ शुरु गरेको छ ।  बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित परेले यहाँका सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको  नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने  बताए ।

जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको  नगरपालिका शिक्षा तथा खेलकूद शाखाका प्रमुख खडानन्द चौलागाईँले बताए ।

अनलाइन अध्यापन कठिन
जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुँचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।   यहाँ कुल सामुदायिक विद्यालय १७० छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप