बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

यी बलिउड अभिनेत्रीको फिटनेसमा विशेष ध्यान

मङ्गलबार, ३० वैशाख २०७७, १३ : ०७
मङ्गलबार, ३० वैशाख २०७७

मुम्बई । लकडाउनको समय थुप्रै बलिउड अभिनेत्रीले आफ्नो फिटनेशमा निकै ध्यान दिइरहेका छन् । ती मध्यकी एक चित्रान्गदा सिंह पनि हुन् । 

लकडाउनको पुरै समय घरमा बिताइरहेकी सिंहले आफूले यो समय फिटनेशमा विशेष ध्यान दिने गरेको बताएकी छन् । 

‘म हरेक दिन वर्कआउट गर्ने गर्छुु’ उनले भनेकी छन् ‘पहिले म नियमित वर्कआउट गर्दिनथें। अहिले छुटाउदिनँ ।’

यो समय उनले योग समेत गर्ने गरेको बताएकी छन् । 

सिंह फिल्म ‘बोब बिस्वस’ अभिनयको तयारीमा छिन् । फिल्ममा उनको रोमान्स अभिषेक बच्चासँग रहनेछ ।

फिल्मको लेखन सुयोय घोषले गरेका हुन् । यसको निर्देशक घोषकी छोरी दियाले गर्दैछिन् । यो दियाको  डेब्यु फिल्म हो । यसको निर्मातामा अभिनेता शाहरुख खान रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप