शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सम्पर्कविहीन प्रहरी मृत फेला

मङ्गलबार, ३० वैशाख २०७७, १३ : ३८
मङ्गलबार, ३० वैशाख २०७७

सुर्खेत । पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहिन थिए ।
 
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए । प्रहरी जवान खड्का सुर्खेतकै रानीवास निवासी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप