जुम्लामा क्वारेन्टाइनमा बसेका ९३० जना घर फिर्ता
जुम्ला । जुम्लाका आठ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका ९३० जना १४ दिनको अवधि पूरा गरेर घर फर्केका छन् । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७४७ र मंगलबार १८२ जनालाई कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएपछि घर पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
यहाँको चन्दननाथ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक, हिमा गाउँपालिकामा २७, तातोपानी गाउँपालिकामा ४८, पातारासी गाउँपालिकामा ४९ र गुठीचौर गाउँपालिकामा ५७ जना मात्र क्वारेन्टाइनमा रहेको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । तिला, कनकासुन्दरी र सिंजा गाउँपालिकाका क्वारेन्टाइन मंगलबारदेखि खाली भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।
जिल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले कोभिड–१९ संक्रमण भएनभएको परीक्षण गर्दै आएको छ । यसबाहेक यहाँका स्थानीय तहका विभिन्न स्थानमा ¥यापिड डायग्नोष्टिक टेष्ट विधिमार्फत पनि परीक्षण भइरहेको प्रतिष्ठानका निर्देशक मंगल रावलले बताए ।
जिल्लाभर ५२१ शय्याको क्वारेन्टाइन, १२० शय्याको आइसोलेशन र नौ हेल्थ डेस्कमा हालसम्म १० हजार ९७० जनाले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।
एक हजारको पिसिआर परीक्षण
प्रतिष्ठान र जनस्वास्थ्य कार्यालयले यहाँका एक हजार जनाको पिसिआर परीक्षण गर्न तयार गरेको छ । जिल्लामा कोरोना संक्रमित नभेटिएकाले स्थानीयबासीको घरदैलामै पुगेर स्वाब संकलन गरी पिसिआर परीक्षण गर्ने तयारी थालिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।
आठ स्थानीय तहका ६० वडामा आइतबारदेखि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । एक वडामा कम्तीमा १० जनाको स्वाब परीक्षण सकाएर पिसिआर विधिबाट परीक्षण गरिने जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण