बिहीबारको मौसम पूर्वानुमान
बिहीबार, ०१ जेठ २०७७, ०८ : ०७
मौसम पूर्वानुमान महाशाखा हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशका पश्चिम र पूर्वका पहाडी भागमा सामान्य बदली भइरहेको र बाँकी क्षेत्रमा भने आंशिक बदली भएको जनाएको छ ।
यसैगरी, महाशाखाले बिहीबार दिउँसो देशको पहाडी भागमा सामान्य बदली हुने र बाँकी क्षेत्रमा भने आंशिक बदली हुने जनाएको छ ।
त्यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, आज राति देशका पूर्वी क्षेत्रमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली हुनेछ भने पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण