आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
त्यस्तै, हाल देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यसैगरी, शुक्रबार दिउँसो देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, दिउँसो पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति, देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने र पूर्वी भूभागका तथा मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण