राष्ट्रपतिबाट संसदमा पेश हुने नीति तथा कार्यक्रम पास गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं – सरकारले शुक्रबार आगामी बर्षका लागि नीति ताथ कार्यक्रम ल्याउँदैछ ।
बुधबार चार बजे बस्ने संघीय संसदमा राष्टपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मन्त्रिपरिषद बैठक बस्नेछ । साढे दुई बजे बस्ने मनित्रपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालन भइरहेको संसद बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको संसद सचिवाले जनाएको छ ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सुरक्षात्मक विधि अपनाएर बैठक सञ्चालन गर्नेगरी तयारी भएको जानकारी दिए ।
राष्टपतिबाट नीति तथा कार्यक्रम पेश गरेपछि आजै बस्ने अर्को बैठकले धन्यवादको प्रस्ताव टेबल गर्ने तयारी छ ।
विश्वका धेरै मुलुकजस्तै नेपाल पनि कोरोेना माहामारी रहेकाले यसको जोखिम न्युनिकरणमा केन्द्रित नीति तथा कार्यक्रम आउने विश्वास गरिएको छ ।
नीति तथा कार्यक्रमका आधारमा आफ्नो वार्षिक बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सरकारले कोरोना जोखिमसँगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका कार्यक्रमलाई नीति कार्यक्रममार्फत अघि सार्ने बुझिएको छ । यसपटक नीति तथा कार्यक्रम संसदमा पेश हुनुअघि नै बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण