‘मास्क’ मय नीति तथा कार्यक्रम, तस्विरमा हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सम्बोधनका लागि आउदा नयाँ बानेश्वरस्थित सङ्घीय संसद्मा स्वागत गरिएको छ । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेलगायतले स्वागत गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीमा सम्मानमा सलामी दिइएको थियो । बैठकमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्ति यसअघि उपस्थित भएका छन्। राष्ट्रपतिको स्वागतका लागि संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आएकी थिइन् । विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उन अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन् । सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी थिइन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाएका छन् ।






















तस्विहरु : कृष्ण खड्का, सुवास श्रेष्ठ, रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण