बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

जब रणवीर सिंहले भने, ‘अनुष्का मेरी प्रेमिका हुन् । म तेरो नाक भाँचिदिन्छु ।’

सोमबार, ०५ जेठ २०७७, १० : ३९
सोमबार, ०५ जेठ २०७७

एजेन्सी - बलिउडमा यस्ता केही जोडी छन् जसले करियरको सुरुवात एकसाथ गरे अनि चर्चित र सफल भएपछि आफ्नो आफ्नो यात्रा तय गरे । 

जसमध्ये रणवीर सिंह र अनुष्का शर्मा पनि पर्छन् । यी दुई करियरको सुरुवातमा एक अर्काको प्रेममा रहेको चर्चा निकै चलेको थियो । विस्तारै सफल र निकै चर्चित भएपछि दुवैले बाटो परिवर्तन गरे र विवाह पनि गरे । 

अनुष्का शर्माले क्रिकेटर क्याप्टेन विटार कोहलीसँग विवाह गरिन् भने रणवीर सिंहले बलिउडकै चर्चित अभिनेत्री दीपिका पादुकोणसँग विवाह गरे ।

एक अर्काले छुट्टाछुट्टै बाटो हिँडेको थुप्रै वर्षपछि रणवीर सिंहले भारतीय म्यागाजिन वेमेनसेरालाई दिएको अन्तर्वार्तामा अनुष्काको बारेमा खुलासा गरेका छन् । 

उनले भने, ‘यो कुरा २०११ तिरको हो । एउटा केटाले अनुष्कालाई जिस्काउँने र दुख दिने गर्न थाल्यो । र, म अनुष्कालाई बचाउँन गएँ । त्यसपछि मैले त्यस केटालाई धम्की मात्र दिइन । अनुष्का मेरी प्रेमिका हुन् समेत भनेँ ।’

उनले ती व्यक्तिको नजिक गएर भनेको सम्झिँदै भने, ‘मुख सम्हालेर बोल ! अनुष्का मेरी प्रेमिका हुन् । म तेरो नाक भाँचिदिन्छु ।’

यद्यपि, उनले आफ्नो अनुष्कासँग कुनै पनि सम्बन्ध नभएको जिकिर गरेका छन् । दुवैले एक अर्कालाई साथी मात्र भएको दाबी गरे । तर, केही मिडिया रिपोर्टका अनुसार रणवीरको जीवनमा दीपिकाको आगमन हुनु नै अनुष्का र रणवीरको ब्रेकअपको कारण हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप