अभिनेता सचिन कुमारको निधन
भारतीय अभिनेता सचिन कुमारको हृदयघातका कारण शुक्रबार निधन भएको छ । टिभी सिरियल ‘कहानी घर घर की’ बाट चर्चामा आएका उनी पछिल्लो समय अभिनय छोडेर फोटोग्राफी तिर लागेका थिए ।
टिभी अभिनेता राकेश पलले उनको अचानकको मृत्युमाथि शोक व्यक्त गर्दै फेसबुक पोस्ट लेखेका छन् । उनले कुमारको फोटो सेयर गर्दै लेखे, ‘तिम्रो हँसिलो अनुसार सधैं सम्झिरहनेछु मेरो भाइ... सचिन कुमारले निकै चाँडै यो संसारलाई अलविदा भने, तिम्रो आत्माले शान्ति पाओस् भाइ..’
Will always remember ur smiling face mere bhai... Sachin Kumar gone way too soon yaar... May you be in eternal peace bro...🙏🌹🙏
Posted by Rakesh Paul on Friday, 15 May 2020
टाइम्स अफ इन्डियासँगको कुराकानीमा राकेश पलले भने, ‘उनको मृत्युको खबर पाउँदा उनको अन्तिम संस्कार भइसकेको रहेछ । मैले थाहा पाएअनुसार उनी सुत्न भनी गएका थिए तर उनले भोलिपल्ट बिहान ढोका खोलेनन् । उनका आमाबुवा आत्तिएर आफूसँग भएको साँचोले ढोका खोल्दा उनको मृत्यु भइसकेको देखे । उनी आफ्नो आमा–बुवासँगै बस्दथे । उनको मृत्यु सायद अबेर राती वा बिहान सबेरै भएको हुनुपर्छ ।’
सचिन नायक अक्षय कुमारका मामाको छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण