जुम्लाको क्वारेन्टाइनमा योगा कक्षा सञ्चालन
-उपेन्द्र न्यौपाने
जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन गरिएको क्वारेन्टाइनमा बसेकालाई योगा सिकाउन थालिएको छ।
क्वारेन्टाइनमा हाल भारतको रुपैडिहाबाट उद्धार गरी ल्याएका जुम्ला, हुम्ला र मुगुका गरी २९ जना बस्दै आएका छन्। उनीहरूलाई आयुर्वेद औषधालय जुम्लाकी चिकित्सक प्रतिभा शर्माले दिनहुँ बिहानबिहान योग सिकाउने गरेकी हुन्।
योगले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने भएकाले क्वारेन्टाइनमा बसेकाहरूलाई दैनिक योगा सिकाउने गरिएको शर्माले बताइन्। ‘क्वारेन्टाइनमा बसेका नागरिकलाई कोरोना रोगसम्बन्धी सचेतीकरण, मनोविमर्श पनि गर्ने गरेका छौँ,’ उनले भनिन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई कोरोना संक्रमणको जोखिम बढी हुने बताए। ‘योगले रोग प्रतिरोधी क्षमता वृद्धि गर्नमा सहयोग पुग्छ,’ उनले भने।
कर्णालीमा अहिलेसम्म एक हजार दुई सय ७९ जनाको पिसिआर र दुई सय ६३ जनाको आरडिटी परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण