विश्वभरी कोरोनाभाइरसको संक्रमितको संख्या आधा करोड नाघ्यो
विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या आधा करोड नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोभिड–१९ संक्रमितको संख्या ५० लाख ८५ हजार ६६ पुगेको छ ।
साथै, हालसम्म विश्वभरी ३ लाख २९ हजार ७ सय २१ को मृत्यु भएको छ ।
यद्यपि, २० लाख २१ हजार ६ सय ७२ जना निको समेत भइसकेका छन् ।
हालसम्म मृतक र संक्रमितको आधारमा कोरोनाभाइरसले सबैभन्दा प्रभावित बनाएको देशको शीर्ष स्थानमा अमेरिका रहेको छ । यहाँ हालसम्म ९४ हजार ९ सय ९४ को मृत्यु भएको छ भने १५ लाख ९१ हजार ९ सय ९१ संक्रमित रहेका छन् ।
यस्तै, रसियामा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । संक्रमितको संख्याको आधारमा रसिया दोस्रो स्थानमा रहेको छ । यहाँ हालसम्म ३ लाख ८ हजार ७ सय ५ संक्रमित रहेका छन् । यद्यपि, संक्रमितको तुलनामा यहाँ निकै कम व्यक्तिको मृत्यु भएको छ । हालसम्म यहाँ २ हजार ९ सय ७२ को भृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण