अमेरिकाले सामाजिक दुरी कायम गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो– अनुसन्धान
एजेन्सी । समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।
अमेरिकाले मार्च १५ पछि मात्रै नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालै मात्र गरेको एक अनुसन्धानमा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा यो कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ ।
त्यति नै बेला लकडाउन या अरु नै केही नीति बनाएर नागरिकका बीचमा सामाजिक दुरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरुको मृत्युमा कम्तीमा पनि ३६ हजार कमको मृत्यु हुने अनुमान गरिएको पछिल्लो यो अनुसन्धानले देखाएको छ ।
अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा १५ लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै यहाँका ९४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ ।
अमेरिकामा सामाजिक दुरी कायम गर्ने खालको सतर्कता अपनाउन र त्यस्तै लकडाउन जस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । –एएनआई/The-Newyork Times
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम र रामेश्वर चौधरीको रिट पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश
-
मन्त्रिपरिषद् बैठक : १ अर्ब २० करोड रुपैयाँ अनुदान लिनेसहित २५ निर्णय
-
त्रिविका अवकाशप्राप्त कर्मचारीलाई पेन्सनका लागि जान्छ मासिक २५ करोड
-
कमल थापाले ६ जनालाई गरे केन्द्रीय सदस्यमा मनोनयन
-
गण्डकीमा ‘इन्टरभेन्सन’ बहस भइरहँदा कोशीमा एकपक्षीय बहस
-
अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यकः अध्यक्ष दाहाल