कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
साविक कर्णाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर परीक्षण गरिएका दुई हजार ७५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
प्रतिष्ठान जुम्लाका निर्देशक डा. मङ्गल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित ती स्वाबको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।
भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावतले बताए ।
प्रतिष्ठानमै ४२४, कालिकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट ७८९, नेपाली सेना ७०, हुम्लाबाट ४०८, पत्रकार १८ जनाको स्वाबको पिसीआर परीक्षण गरिएको हो ।
आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण