भारतमा श्रीमानले कन्चटमा हाने गोली, टाउको छेडेर गर्भवती श्रीमतीलाई समेत लाग्यो
भारतको गुरुग्राममा एक व्यक्तिले आपसी झगडापछि आफ्नो कन्चटमा आफैंले गोली हानेका छन् । गोली अर्को कन्चटबाट निस्किएर उनकी श्रीमतीलाई समेत लाग्यो । घटना शुक्रबारको हो ।
दुर्घटनाका बेला यी दुई एक कारमा थिए । महिला आफ्नो श्रीमान् नजिकै बसेकी थिइन् । गोली महिलाको गर्धनमा लागेको छ ।
३४ वर्षका यी व्यक्तिको दिल्लीको सफदरजंग अस्पतालमा आइसियुमा उपचार भइरहेको छ जबकी उनकी ७ महिनाकी गर्भवती श्रीमती खतरामुक्त भएको भारतीय सञ्चार माध्यमले बताएको छ ।
पुलिसका अनुसार घटनाको अनुसन्धान चलिरहेको छ । प्रहरीका अनुसार महिलाका श्रीमान् हालै बेरोजगार भएका थिए जसका कारण उनीहरुबीच विवाद भएको थियो ।
प्रहरीलाई विश्वास गर्ने हो भने श्रीमान् बेरोजगार भएका कारण श्रीमतीसँग विवाद भएको थियो । पुलिसलाई दिएको बयानमा महिलाले यसबारे बताएकी हुन् । मानेसरका डिसीपी दिपक शरणले भने, ‘गोली व्यक्तिको टाउकोको एका तिरबाट अर्को तिरबाट निस्किएर महिलाको गर्धनमा लाग्यो । घटनामा एफआईआर दर्ता गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण