माछापुच्छ्रे बैंकको नयाँ अनलाइन बैकिङ्ग सेवा अपग्रेड, अव ‘नो लाइन बैकिङ्ग’
काठमाडौं– माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्गको क्षेत्रमा फड्को मार्दै ‘एमबीएल अनलाइन बैकिङ्ग’ सेवालाई अपग्रेड गरेको छ ।
अब ‘नो लाइन बैकिङ्ग’ भन्ने नाराका साथ बैंकले कोभिड–१९ महामारीको समयमाअब बैंकिङ्ग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाइन बैंकिङ्ग सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो ।
यससँगै बैंकका ब्यवसायिक तथा ब्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैकिङ्ग सेवा थप सरल र सुरक्षित तवरले उपयोग गर्न सहयोग गर्ने छ ।
ब्यवसायिक ग्राहकहरुलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरुको साथमा ल्याइएको सेवाअन्तर्गतको कर्पोरेट बैकिङ्गले ब्यवसायिक तथा कर्पोरेट हाउसहरुलाई बैंक सम्म नपुगि सुरक्षित साथ माछापुच्छ्रे बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोवार गर्न सक्नेछन् ।
विशेषत यस सेवामार्फत अन्तर बैक रकमान्तर, कनेक्ट आइपीएस, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको छ । त्यस्तै यस सेवामार्फत ब्यवसायिक तथा कर्पोरेट हाउसहरुले आफै तलव ब्यबस्थापन गर्न सक्ने छन् ।
बैंकको अनलाइन बैंकिङ्गमार्फत ब्यक्तिगत ग्राहकहरुले पनि बिभिन्न बैंकिङ्ग कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेमेन्ट गर्न, इसेवा, खल्तीलगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टपअप गर्र्न, बत्ति पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ ।
त्यसै गरी बारम्बार तिर्नुृ पर्ने रकमलाई सेड्युल गरी तिर्न सकिने छ । यस सेवा लिएका ग्राहकहरुले मुद्दती खाता समेत यसै सेवामार्फत खोल्न सक्नेछन् । बैंकको अनलाइन बैंकिङ्गको परिष्कृत भर्सन थप सुविधाहरुका साथथप सरल र थप सुरक्षित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण