प्रबिधि मैत्री बन्दै अब नबिल बैंक, निःशुल्क खाता खोली कारोबार गर्न सकिने
मङ्गलबार, १३ जेठ २०७७, २० : ५७
काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइन मार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ ।
यसअन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिङ्ग सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् ।
साथै यो सुविधा कोभिड १९ संक्रमण न्युनिकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूति गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण