कपिलवस्तुमा आज पनि ७७ जनामा कोरोना संक्रमणको पुष्टि
बुटवल । कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हिजो ५२ जना एकैपटक संक्रमति भएको कपिलवस्तुमा आज थप ७७ संक्रमित भएपछि संख्या २ सय ६५ पुगेको छ । जिल्ला स्वाथ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरु जिल्लाको महाराजगञ्ज नगरपालिका का वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । त्यस्तै कृष्णनगर नगरपालिकाका वर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।
यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ वर्षसम्मका पुरुष २६ र २५, १९ वर्षका महिला २ जनामा पनि संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि हुन बाँकी छ । हिजो र आज संक्रमित भेटिएका व्यक्तिहरु कपिलवस्तुका विभिन्न क्वारेटाईनमा बसेकाहरु हुन् । भारतबाट आएर कपिलवस्तुका क्वारेनटाईमा बसेकारहरुमा धमाधम संक्रमण देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण