ट्रम्पले चीन-भारतबीचको सीमा विवादमा मध्यस्थताको प्रस्ताव राख्दा के भने मोदीले ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीन–भारतबीचको सीमा विवाद र अमेरिकामा भड्किरहेको हिंसाका बारेमा छलफल भएको छ । दुई नेताबीच मंगलबार टेलिफोन संवादका माध्यामबाट छलफल भएको हो । टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीलाई जी ७ समिटमा सहभागी हुन निमन्त्रणा समेत गरेका छन् । ट्रम्पले निम्ता दिएलगत्तै मोदीले समिट सफलताको शुभकामना दिएका थिए ।
केही दिनअघि मात्र अमेरिकामा हुने भनिएको जी ७ समिट केही युरोपियन मुलुक सहभागी नहुने भएपछि स्थगित भएको थियो । तर राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा समिट गर्ने तयारी गरिरहेका छन् । भारत जी ७ को सदस्य राष्ट्र नभएपनि समिटमा सहभागी गराउने तयारीमा अमेरिका लागेको छ । जी ७ मा ठुला अर्थव्यवस्था भएका मुलुकहरु अमेरिका, फ्रान्स, क्यानडा, जर्मनी, इटली, जापान, बेलायत रहेका छन् ।
त्यस्तै दुई नेताबीच विश्व महामारीका रुपमा देखिएको कोरोना संकट र विश्व स्वास्थ्य संगठनलाई सुधार गर्ने विषयमा छलफल भएको छ । राष्ट्रपति ट्रम्पले केही दिनअघि मात्र विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद भएको घोषणा गरेका थिए । संगठन चीनतिर बढि ढल्किएको आरोप ट्रम्पले लगाउँदै आएका छन् । भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा जारी हिंसा र पछिल्ला विकसित परिस्थितिका बारेमा ट्रम्पसँग चिन्ता प्रकट गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने भारत चीन सीमा विवादका विषयमा चासो राखेका थिए । उनले दुई देशबीचको लद्दाखमा जारी सीमा विवादमा अमेरिकाले मध्यस्थता गर्न सक्ने प्रस्ताव राखेका थिए । मोदीले त्यसबारेमा के प्रतिक्रिया दिए भन्ने विषय बाहिर नआएपनि यसअघि भारतले मध्यस्थतालाई अस्वीकार गर्दै आएको छ । त्यस्तै चीनले पनि यो विषय दुई देशबीचको आन्तारिक समस्या भन्दै बाहिरी मध्यस्थतालाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण