रुकुम घटनामा बेपत्ताको शव फेला
बुधबार, २१ जेठ २०७७, १२ : ३०
जेठ १० गते रुकुम पश्चिमको सोती गाउँमा भएको विवादपछि भेरी नदीमा बेपत्ता भएका जाजरकोटका गोविन्द शाहीको शव फेला परेको छ ।
मंगलबार भेरी नदी किनारमा उनको शव फेला परेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । यसअघि भेरी नदीमा ५ जनाको शव फेला परेको थियो ।
जाजरकोट भेरी नगरपालिका ४ रानागाउँबाट २० वर्षीय नवराज बिक र रुकुम पश्चिम चौरजहरी नगरपालिका ८ सोती गाउँकी किशोरीबीचको अन्तरजातीय विवाहको बीचमा विवाद हुँदा सो घटना हुन पुगेको थियो । सोतीका गाउँलेले आक्रमण गरेर भाग्ने क्रममा उनीहरु भेरी नदीमा बेपत्ता भएको दावी गरिएको छ। नवराज बिकसहित ६ जनाको मृत्यु भएको सो घटनाबारे विभिन्न छानबिन समितिले छानबिन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण