जुम्लाका क्वारेन्टिनको अनुगमन
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीले यहाँ निर्माण भएका क्वारेन्टिनको अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थापा नेतृत्वको टोलीले जिल्लाको सीता मावि रारालिही, भैरव प्राथमिक विद्यालय त्रिवेणी, सरस्वती मावि कुडारी र दुर्गा मावि लाम्रामा निर्माण भएका क्वारेन्टिनको अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी थापाले क्वारेन्टिन सन्तोषजनक रहेको प्रतिक्रिया दिए । क्वारेन्टिनभित्र बसेका बीचमा दुरी कायम गरेर हिँडडुल गर्न सकेको खण्डमा झनै राम्रो हुने बताउँदै थापाले नियमित स्वास्थ्य जाँच र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले अनुगमनका क्रममा देखिएको कमी कमजोरी व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरेका थिए ।‘ स्थानीय सरकार क्वारेन्टिन व्यवस्थापनमा लागेका छन् । यो निकै राम्रो पक्ष हो’, उनले भने,‘यो समयको भरपुर सदुपयोग गरेर क्वारेन्टिनमा बसेकालाई ऊर्जा प्रदान गर्नुपर्छ ।’
अनुगमन टोली क्वारेन्टिन अनुगमनमा निस्केकोमा खुसी व्यक्त गर्दै तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले सक्दो सतर्कता अपनाइरहेको बताइन् ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी थापासहित सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा,जिल्ला प्रहरी प्रमुख डिएसपी लालबहादुर धामी लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण