शुक्रबारको मौसम पूर्वानुमानः कुन प्रदेशको मौसम कस्तो ?
मौसम पूर्वानुमान महाशाखाले आजको सातै प्रदेशको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग”चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
यसैगरी, देशका विभिन्न प्रदेशमा हाल सामान्यदेखि पूर्ण बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।
यस्तै, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदली हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । बाँकी भागहरुमा भने मौसममा सामान्य बदली रहनेछ ।
यता, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति, प्रदेश २, प्रदेश ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ।
यस्तै, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण