रुकुम (पश्चिम)का डेढ सय विपन्नले नयाँ घर पाउँदै
रुकुम । रुकुम –पश्चिम)का झण्डै डेढ सय विपन्न परिवारले नयाँ घर पाउने भएका छन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत जिल्लाका १२९ घर परिवारका लागि नयाँ घर बन्न लागेका हुन् । चालु आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्र जिल्लाका ६ स्थानीय तहमा घर नहुँदा आफन्तका शरणमा बसिरहेका, छाप्रो बनाएर बसिरहेका र घर जीर्ण भई जोखिममा रहेका तथा घर निर्माण गर्ने क्षमता नभएका विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारले नयाँ घर पाउँदै छन् ।
जनता आवास कार्यक्रम समन्वय समितिले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका तीन घरपरिवारलाई नयाँ घरका लागि छनोट गरेको हो । घर नभएका तथा निकै जोखिमपूर्ण अवस्थामा रहेका र आफैंले घर बनाउन नसक्ने परिवार नयाँ घरका लागि छनोट भएको निर्वाचन क्षेत्र नं २ का जनता आवास कार्यक्रम समन्वय समितिका संयोजक तथा प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिए । उनका अनुसार छनोटमा परेका प्रत्येक परिवारका लागि दुई कोठा र बरण्डासहितका घर निर्माण हुने छन् ।
त्यस्तै, शौचालय भने स्वयं परिवारले श्रमदानस्वरुप अनिवार्य रुपमा निर्माण गर्नुपर्ने छ । प्रतिघर निर्माणका लागि रु तीन लाख पाँच हजार प्राप्त हुने प्रदेशसभा सदस्य शर्माले बताए । दुई भन्दा बढी कोठा भएको घरसमेत निर्माण गर्न सकिने उनको भनाइ छ । त्यसका लागि बाँकी खर्च भने स्वयं परिवारले व्यहोर्नुपर्ने छ । निर्वाचन क्षेत्र नं १ का आठबीसकोट नगरपालिकामा २८, बाँफिकोट गाउँपालिकामा १८ र मुसीकोट नगरपालिकामा १८ गरी ६४ घर निर्माण हुने छन् ।
चौरजहारी नगरपालिकामा २८, सानीभेरी गाउँपालिकामा १९ र त्रिवेणी गाउँपालिकामा १८ गरी निर्वाचन क्षेत्र नं २ मा ६५ घर बन्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । घर निर्माणको प्रक्रिया शुरु भइसकेको जनाइएको छ । घर निर्माणको सम्झौताको जिम्मा स्थानीय तहलाई दिइएको र हुने क्रम शुरु भइसकेको उनले जानकारी दिए । लकडाउनका कारण छनाट र सम्झौतालगायत प्रक्रिया पूरा गर्न ढिलाइ भए पनि तोकिएकै समयमा घर निर्माण गर्ने गरी काम शुरु भइसकेको बताइएको छ । घर निर्माणका लागि निर्माण समिति रहने र घर निर्माण सकिएपछि समितिले घर बनाउने परिवारको खातामा पैसा सीधै राखिदिने प्रदेशसभा शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण