बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डा.डीआरले ल्याए ‘घर यस्तो होस्’

मङ्गलबार, २७ जेठ २०७७, १२ : ४५
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरकै स्वर समेत रहेको गीतमा सागर अधिकारले संगीत दिएका छन् । गीतको लिरिकल भिडियो निर्माण गरिएको छ । घर स्वर्गजस्तो बनाउन आवश्यक विषयहरु के–के हुन् भन्ने कुरा गीतकारले गीतमार्फत बुझाउन खोजेका छन् । डा.डीआरको एल्बम ‘स्वर्गघर’ मा यो गीत समावेश छ ।

दश उपन्यास र सयौं गीत बाहिर ल्याएका डीआर गत बैशाखमा एकसाथ १८ एल्बम र केही साहित्यिक कृति सार्वजनिक गर्ने तयारीमा थिए । लकडाउनका कारण भने सो हुन सकेन ।  कोरोनाको कहर सामान्य भएपछि एल्बम र साहित्यिक कृति सार्वजनिक गर्ने योजना आफ्नो रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप