नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा २ जना पक्राउ
मङ्गलबार, २७ जेठ २०७७, १८ : ४१
काठमाडौं । काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो मात्रामा नक्कली सेनिटाइजर बनाउने कच्चा पदार्थसहित पक्राउ गरेको हो । उनीहरुसँगै २ वटा ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुबाट स्यानिटाइजर बनाउन प्रयोग गरिने ३२ सय ९० लिटर कच्चा पदार्थ पनि बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिपक थापाले जानकारी दिए । साथै ८ बोतल (जम्बो) र साना बोतलमा राखिएको ५ लिटर स्यानिटाइजर समेत बरामद गरिएको थापाले बताए । उनीहरुले लकडाउनका बेला कस्मेटिक सामानको आवरणमा नक्कली सेनिटाइजर बनाएर बिक्री गर्ने गरेको प्रहरीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण