नदीको बगरमा बेवारिसे शव फेला
सर्लाहीको वाग्मती नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । वाग्मती नगरपालिका–७ स्थित वाग्मती नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
खोलाले बगाएर ल्याएको अवस्थमा शव सडेको अवस्थमा फेला परेको उनले बताए । फेला परेको पुरुषको उचाइ पाँच फिट तीन इन्च र कम्मरमा गम्छा बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर बालिकाको मृत्यु
करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ ।
हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँदै गर्दा राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण