किसानलाई कोरोनाको भन्दापनि रोपाइँको चिन्ता, तस्विरमा हेरौँ
भक्तपुर । यो वर्ष समयमै वर्षात् भएकाले जेठ महिनाको अन्तिम सातासम्म भक्तपुरमा धेरै रोपाइ भइसक्ने देखिन्छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर र भक्तपुरका किसानहरु यतिबेला खेतमा भेटिन्छन् ।
फाँटभरि किसानका हुल देखिन्छन् । कोही किसान आली लागाइ रहेका छन् त कोही बिउ काट्दै छन् । ट्याक्टर लगाएर हिलाउदै गरेका लाठे र हातमा बिउ लिएर रोप्र्दैं गरेका रोपार भेटिन्छन् ।

गत वर्षसम्म रोपाइँ गर्ने बेलामा पानी नभएर चिन्तित हुने भक्तपुरका किसानलाई यो वर्ष भने वर्षातले साथ दिएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ५, का किसान शिवकुमार किवाछेले भने, ‘पानी त प-यो तर, धानको बिउ रोप्न हुने भएको छैन् ।’

सामान्यता धानको विउ राखेको २० दिन पछि बिउ रोप्न मिल्ने भएपनि यो वर्ष पानी समयमै आउँदैन कि भनेर गतवर्ष जस्तै ढिला बिउ राखिएको किसानहरुको भनाई छ ।
तर, आकाशबाट निरन्तर पानी परिरहेकाले किसानहरु खुसी छन् । जिल्लाका धेरै जसो धानखेतमा आकाशेपानीको भरमा रोप्ने गरिन्छ ।

यो वर्ष करिब तीन महिना हुन लाग्यो बन्दाबन्दी भएको त्यसैलेपनि अधिकांश मानिसहरु काम नभएकाले खेतकै काममा सक्रिय भएर लागेका छन् ।
‘घर बाहिर जाउँ भने कोरोनाको त्रास छ, नजाउ भने रोपाइँ गर्नु पर्छ, कटुन्जे तीनधाराकी किसान सरिता केसीले भनिन् ।’

समयमै मल, बिउ उपलब्ध भएर धान रोप्न थालिसकेकाले यो वर्ष धानको उत्पादनमा वृद्धि हुने भक्तपुरका किसानहरुले विश्वास लिएका छन् ।
भक्तपुरका कतिपय स्थानमा खेत मासेर गरिएको जग्गा प्लानिङ्गमा पनि किसानहरुले खनजोत गरेर रोपाइँ गर्न तयार बनाएका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण