रिचार्जर एप डाउनलोड गर्दा हजार क्यास प्वाइन्ट पाइने, ५ रुपैयाँमा सर्जिकल र सयमा एन९५ मास्क
काठमाडौं– सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरि के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
समय र पैसाको बचत गराउँदै आफ्ना प्रयोगकर्तालाई रिचार्जरले सस्तो मूल्यमा कोभिड १९ का सुरक्षा उपकरणहरु उपलब्ध गराउन लागेको हो । जसअन्तर्गत पकेट स्यानिटाईजर १५० मा, इम्युनिटी बुस्टर डबल सी जुस सय रुपैयाँमा, पीपीई सेट ८५० रुपैयाँ र थर्मल गन २ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
बजारमा उल्लेखीत मूल्यमा सामानहरु नपाइने भएकाले रिचार्जरले यस्तो अफर ल्याएको उनको भनाई छ । यसैगरी सेवाग्राहीले आफ्नो मोबाइलमा रिचारर्जर एप डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाउने छन् । यसरी प्राप्त हुने क्यास प्वाइन्ट रिडिम गरी सामान खरिद गर्दा २ देखि १० प्रतिशतसम्म छुट पाइने भने अफरको बेला शतप्रतिशत क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सामान किन्न सकिन्छ ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टको कम्बो प्याक समेत सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ । ७ हजार ९९९ देखि सुरु हुने कम्बो प्याकमा सर्जिकल मास्क सय थान, पन्जा सय, फेश सिल ५, थर्मलगन एक र ५ सय मिलिलिटरको स्यानिटाइजर ३ वटा उपलब्ध हुनेछन् ।
जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० पनि प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण